मुटुका लागि अनार उपयोगी मनिएको छ । मुटुमा रक्त प्रवाहलाई सहज बनाउन अनारले सहयोग गर्र्र्छ । अनारमा हुने यौगिक पुनिक्यालाजिनले रक्तनली कडा हुने समस्या एथ्रोस्क्लेरोसिसलाई घटाउँछ । रक्तनली कडा हुनुलाई मुटु रोगको एक प्रमुख कारण मानिएको छ ।
अनारमा हुने यौगिकले रक्तनलीलाई लचिलो बनाउनुका साथै विकार उत्पन्न गर्ने इन्फ्लामेसन पनि कम गर्छ । अनुसन्धानबाट स्पष्ट पारिएअनुसार मुटु र मस्तिष्कमा रक्त प्रवाह गर्ने रक्तनलीहरूमा उत्पन्न हल्का अवरोधलाई समेत अनारका यौगिकले हटाउँछन् । अनार खानाले खराब कोलेस्टेरोल एलडीएल कम र राम्रो कोलेस्टेरोल एचडीएल बढाउन पनि मद्दत पुग्छ । स्कटल्यान्डको एडिनवर्गमा रहेको क्विन माग्रेट विश्वविद्यालयद्वारा गरिएको एक प्रकाशित अनुसन्धानको विवरणअनुसार चार हप्तासम्म दैनिक एक गिलास अनारको जुस खानेहरूमा रक्तचाप कम भएको थियो । अनारमा एन्टिअक्सिडेन्टहरू, पोटासियम, सोडियम र फोलिक एसिडको उचित संयोजन हुने भएकाले रक्तसञ्चार प्रणालीका लागि यसलाई सर्वोत्तम फल मानिएको छ ।
यसैगरी, अनारमा पाइने एक प्रकारको ओमेगा– ३ फ्याटी एसिड, प्युनिकसिक एसिड ले छालालाई स्वस्थ राख्न योगदान गर्छ ।
यसै एसिडले सूर्यको विकिरणद्वारा छालामा पर्ने प्रभावबाट जोगिन हामीलाई मद्दत पु¥याउँछ । अनार खाने मानिसको छालाको बाह्य भागलाई सुरक्षा मिल्ने भएकाले छाला चाउरिने समस्या कम हुन्छ ।